कोरोना संक्रमणबाट पोखरामा थप २ को मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

कार्तिक १४ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणका कारण पोखरा महानगरपालिका –१५ का ८१ वर्षिय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गत कार्तिक १२ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बस्दै आएका उनको आज मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।

यस्तै, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत स्याङजाको वालिङ् ५ का ७० वर्षीय संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।
कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आज विहान ८ स्३५ बजे मृत्यु भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ७५ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।