पौषको दोस्रो साता बाटुलेचौरमा विद्यार्थी केन्द्रीत खेल कार्यक्रम हुने


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०८३ मा प्रकाशित




पोखराको बाटुलेचौरमा वृहद खेलकुद कार्यक्रम हुने भएको छ ।

भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चको आयोजनामा आगामी पौष ९ र १० गते कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ । दुई दिनसम्म स्थानीय ऐतिहासिक खेल मैदानमा संचालन हुने खेल कार्यक्रममा कास्की जिल्ला स्तरीय अन्तर विद्यालय छात्र–छात्रा ५ कि.मी सडक दौड, छात्रा भलिबल प्रतियोगिता लगायतका कार्यक्रम संचालन गरिने मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । कार्यक्रमको तयारी स्वरुप अध्यक्ष बरुवालको संयोजकत्वमा मुल आयोजक समिति र बिभिन्न उपसमिति गठन गरिएको छ । छात्र–छात्रा सडक दौडका लागि भुपु खेलाडी राजुबहादुर भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ भने भलिबल खेलका लागि गण्डकी प्रदेश भलिबल संघका सदस्य बलराम तिमिल्सीनाको संयोजकत्वमा अर्को समिति गठन गरिएको उनले जानकारी दिए ।

त्यस्तै आर्थिक समितिको संयोजकमा रीता काफ्ले, प्रचार संयोजक शिवराज देवकोटा,पुरस्कार व्यवस्थापन उपसमितिमा विशाल खड्का, स्वास्थ्य सेवा उपसमितिमा सुन्दर थापा, मञ्च व्यवस्थापनमा नारायण देवकोटा,संघ संस्था समन्वय उपसमितिमा डा ई महेन्द्र बानियाँ, सुरक्षा व्यवस्थापन उपसमितिमा चित्र बहादुर थापा र कार्यालय व्यवस्थापनमा मञ्चका उपाध्यक्ष संजय बस्नेतलाई संयोजक तोकिएको छ ।बिभिन्न समिति गठनसँगै खेल कार्यक्रमको तयारी शुरु गरिएको संयोजक बरुवालले बताए । मञ्चले बार्षिक क्यालेण्डर अनुसार नै उक्त कार्यक्रम संचालन गर्न लागेको जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।