युथ कम्युनिटी क्लव नेपालका अध्यक्ष पूर्णकुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बिपत व्यवस्थापन कोषमा रकम सहयोग गरेका छन् । जन्मदिनको अवसरमा अनावश्यक हुने खर्चलाई कटौति गर्दै उनले युथ कम्युनिटी क्लवद्वारा सञ्चालित विपत व्यवस्थापन कोषमा उनले १० हजार १०७ रुपैयाँ प्रदान गरेका हुन् । उनले कोष संयोजक शर्मिला लामालाई रकम हस्तान्तरण गरे ।
जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद दिदै श्रेष्ठले अनावश्यक हुने खर्चलाई कोषमा जम्मा गर्दा आफ्ना क्लवका सदस्यहरुलाई विपत समस्या पर्दा सहयोग गर्न सकिने भन्दै सुरुवात आफैबाट गरेको बताए ।
बिपदमा परेकाहरुलाई सहयोग गर्न कोष सञ्चालन गरिएको संयोजक लामाले बताईन् । उनले केमिकल दुर्घटनामा परी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचाररत क्लवका सदस्य रोशन अधिकारीलाई कोषबाट केहि दिनअघी मात्र ८ हजार र क्लबमा आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार सहयोग गरिसकिएको संयोजक सर्मिला लामाले जानकारी दिईन् ।
युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि भन्ने मूल उद्देश्यका साथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रालि स्थापना गरी पोखरामा बङ्गुरपालन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






