भूतपूर्व खेलाडी मञ्च नेपालका निवर्तमान अध्यक्ष तथा पुर्व अन्तराष्ट्रिय खेलाडी खड्गबहादुर रानाभाट दम्पतीलाई नै कोरोना संक्रमण भएको छ ।
पोखरा १७ ड्यामसाईड निवासी रानाभाट र उनकी श्रीमती सकुन सिंहलाई विहीबार कोरोना संक्रमण पुष्टी भएको हो।
रानाभाट नौलो घुम्ती नेपालको अध्यक्ष, रानाभाट÷भाट समाजको पुर्व अध्यक्ष, भुतपुर्व खेलाडी मञ्चको संस्थापक अध्यक्ष लगाएत विभिन्न संघसंस्थामा आवद्ध छन् । उनकी धर्मपत्नी सिंह नौलो घुम्ती नेपालका पुर्व सह–सचिव, हाल मणिपाल शिक्षण अस्पताल पोखराको क्याम्पस प्रमुख हुन् ।
रानाभाट दम्पती हाल होम आइसोलेशनमा रहेको र अवस्था सामान्य रहेको रानाभाट परिवारले जनाएका छन् । रानाभाट दम्पतीले आफूसँग पछिल्लो समयमा सम्पर्कमा रहेकाहरुलाई सतर्कता अप्नाउन आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।