हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको ११ औं वार्षिक साधारण सभा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शुक्रराज कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रवीरमण तिवारीले गरेका थिए । उनले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सहकारीको उद्धेश्यतर्फ केन्द्रीत हुन आग्रह गरे । अध्यक्ष तिवारीले सहकारी नाफामुखी भन्दापनि उत्पादनमुखी हुनुपर्ने भन्दै त्यसलाई अवलम्वन गरेर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य तथा सहकारी बिभाग सदस्य राधिका शाही योगी, संस्थाका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, लेखा समिती सदस्य रामचन्द्र पोख्रेल, सल्लाहकारलगायतले सहकारीले राम्रो गरिरहेको भन्दै अब उत्पादन र सहकारी सदस्यको हितमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष शुक्रराज कँडेलले सहकारी उत्पादनतर्फ लागेको भन्दै यसलाई ब्यबस्थित बनाउनका लागि आफूहरु लागिरहेको बताए ।
कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव कृष्णप्रसाद तिमिल्सिनाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।