बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार)बाट प्रशिक्षण सुरु गर्ने भएको छ।
ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्विकृती पाएको हो।
नेपालले आज (आइतबार) शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्नेछ। मैत्रीपुर्ण खेलका लागि नेपालबाट २५ खेलाडी ११ अफिसियल ढाका पुगेका छन्।
ढाका पुगेको ३ दिनमै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो। प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि २ दिनको आइसोलेसनमा समय विताएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






