हार्दिक आभार ।
हाम्रो स्वास्थ्य लाभ को कामना गर्नु हुने हाम्रो घर परिवार, सम्पुर्ण आफन्तजन, ईष्टमित्र , तथा शुभचिन्तकज्यूहरूमा हार्दिक धन्यवाद छ ।।
श्रीमती भगवती न्यौपाने सहित, हामी दुबै को (PCR)REPORT NEGATIVE आई कोरोनाको कहरबाट मुक्त भएका छौं ।
मेरो पिसीआर रिपोर्ट ०७७/कार्तिक १६ गते नै नेगेटीभ आए पनी मेरो श्रीमती भगवती न्यौपाने को रिपोर्ट अनुसार पुन: पोजेटीभ देखिएको ले यहाँहरू समक्ष खुसी बाँड्न, धन्यवाद प्रकट गर्न र सार्वजनिक हुन समेत उपयुक्त लागेन, कारण संक्रमण बाट पुर्ण मुक्ति हुन पाईएन ।
बरू दुबैको पोजेटीभ हुँदा त्यती असहज महसूस भएको थिएन, उनको पुन: पोजेटीभ रिपोर्ट ले त झनै पिडा महसुस भयो ।
मेरो कान्छी साली जानुका भट्टराई पाण्डेय , साढु भाइ राम पाण्डेय , सानो छोरी आर्जीना पाण्डेय, र रिमझिम दोहोरी साँझ का म्यानेजर भाई नारायण पाण्डेय लाई केरोना संक्रमण पुष्टी भैसके पछी हामी ०७७/ असोज २५ गते देखी नै कन्ट्र्याक्ट ट्रेसिंड मा परी होम-आईसुलेशन मा बसेका थियौ। ०७७/असोज २९ गते हामीले स्वाब दिईसकेपछी ०७७/कार्तिक २ गते हामी दुबैको रिपोर्ट पनी पोजेटीभ नै देखियो । हाम्रो घरमा संक्रमितको संख्या ६ पुग्यो, तेस्रो तल्लामा साली(जानुका) को परिवार र दोस्रो तल्ला मा हामी COVID-19 को स्वास्थ्य मापदण्ड अनुसार एउटै प्रकृतिको खानपान, रहन सहन, ब्यायाम, योगा, ध्यान, सहित आफुले जानेका, बुझेका, सुनेका, उपचार बिधी अपनायौं । अरू पाँचै जनाको रिपोर्ट नेगेटीभ आउदा पनि भगवती को मात्र रिपोर्ट पोजेटीभ देखिदा (मैले जतिसुकै आत्मबल बलियो बनाउनु क्यै हुदैन भनेर सम्झाए पनी ) उनी एक्लो महसुस गर्नु , कतै मलाई मात्रै क्यै भै पो हाल्छ की ? भनेर शंका उपशंका उब्जनु,स्वभाविकै थियो। एकातिर दिनानुदिन देशै भरी संक्रमितको संख्या बढ्नु, मृत्यू दर बढ्नु र कम उमेर समुहका मानिसको कोरोनाबाट मृत्यू भन्ने शिर्षक का समाचार ले त झनै डर त्रासको सृजना भयो। आज २९औं दिनको दिन( आइतबार) बल्ल स-परिवार कोरोना मुक्त भई हाम्रा सम्पुर्ण शुभचिन्तक ज्यू हरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
१. हामीले अपनाएका उपचार बिधी :
क. एजिथ्रो ( एन्टीवायोटिक) ३ दिनमा ३ क्याप्सुल बिहान खाली पेट
ख. जिंक ट्याबलेट २०एम. जी. बिहान/ बेलुकी खाना पछी
ग. भिटामिन-सी.बिहान/ बेलुका खाना पछी
घ. भिटामिन-डी. हप्ताको एक पटक खाना पछी( निको भए पछी नी खादै)
ड. भिटामीन बि. कम्प्लेक्स बिहान/ बेलुका खाना पछी ( निको भएसी नी खादै) कुनै पनी औषधी डाक्टर को सल्लाह अनुसार लिनुहोला ।हामीलाई उपचार मा सल्लाह दिने लुम्बिनी प्रदेश कोभिड हस्पिटल मा कार्यरत छोरी डा. प्रतिमा भण्डारी, डा. बद्री पौडेल चरक हस्पिटल पोखरा, कपिल पोख्रेल चरक हस्पिटल पोखरा लाई हार्दिक धन्यवाद छ ।।
२. आयुर्वेदिक औषधी,आफै फोन गरेर घरमै ल्याईदिनु भएको (KB थापा )नेचर केयर हस्पिटल रंगशाला नजिक र कुसुमकृष्ण आयुर्वेद (कृष्ण राउत ) झन्डु च्यवनप्राश , गुडुची चुर्ण, सितोपलादी चुर्ण,तुलसी हर्बल टी, आरोग्य कस्तुरी भुषण, अश्वगन्धा चुर्ण, त्रिकटु चुर्ण, दुबै सर हरूलाई हार्दिक धन्यवाद छ।।
३. रमेश बि. जी. प्रतिष्ठान केन्द्रीय अध्यक्ष- बिजी ग्रिन टी, लगायत भिटामिन युक्त औषधी जन्य सामाग्री हार्दिक धन्यवाद छ ।
४.प्रतिष्ठान केन्द्रीय महासचिव सुवास के. सी. र हरिश्चन्द्र पौडेल Propolis Tincture मौरी द्वारा संकलन गरिएको महजन्य विशेष टोनीक, हार्दिक धन्यवाद छ ।
५.नकुल ढकाल म्याग्दी बाट पठाउनु भएको, (प्रतिष्ठान गण्डकी सदस्य ) प्रतिष्ठान केन्द्रीय सदस्य तारानाथ आचार्य ले घरमै ल्याउनु भएको आयुर्वेदिक औषधी, हार्दिक धन्यवाद छ ।
६.ईश्वर अधिकारी- गुर्जो लगायत औषधीजन्य जडीबुटी हार्दिक धन्यवाद छ ।
७.गणेश ढुंगाना छिमेकी भाई बाट भिटामिन युक्त औषधी जन्य सामाग्री, हार्दिक धन्यवाद छ ।
८.विष्णु न्यौपाने भाई (गुरूड्दी) हाल बिद्युत प्राधिकरण पर्वत भिटामिन युक्त औषधी जन्य सामाग्री, जडीबुटी, हार्दिक धन्यवाद छ ।
९. श्री नगर रेष्टुरेण्ट सृजनाचोक का संचालक भाई राजु न्यौपाने भिटामिन युक्त औषधी जन्य सामाग्री हार्दिक धन्यवाद छ ।
९. Campion For Health And Happiness दैनिक योगाभ्यास, सुर्य नमस्कार, अनुलमविलोम, कपालभाँती,भष्त्रीका , योगगुरू कन्चन घिमीरे ज्यू ( माध्यम)पुर्व गभर्नर ला. धनराज आचार्य सर, बालकृष्ण बुर्लाकोटी सर, Dk ढुंगाना सर, कुलनिधी सर हार्दिक धन्यवाद छ ।।फेसबुक, भाईवर, म्यासेज, म्यासेन्जर, फोन, मोवाईल लगायत सामाजिक संजाल बाट स्वास्थ्य लाभ को कामना गर्नुहुने महानुभाव हरूमा हार्दिक धन्यवाद छ ।
१०. स्वास्थ्य सेवामा प्रतक्ष्य निगरानी र सहयोग गर्नु हुने
सरिता सुबेदी चपाई म्याडम,महेश्वर तिमिल्सीना सर, जीवन तिवारी सर, निर्मला अर्याल म्याडम हार्दिक धन्यवाद छ ।।
केही साथी र महानुभावका ब्यवहार :
१. परिस्थिति नबुझी जिस्केर बोल्ने, रक्सीले मातेर बोल्ने, आफ्नै तालमा गीत सुनाईरहने, एउटा गीत सुनाउनु त भन्ने, के हो बिर्सने?नसम्झने?फोन नगर्ने भनेर अत्तो थाप्ने ( सुझाव :- कही कतै फोन गर्दा पहिला म्यासेज गरी, बोल्न मिल्ने नमिल्ने अवस्था बुझी बिचार पुर्याएर बोल्न पर्ने , कोही मरेको ठाँउमा हुन सक्छ, कोही हस्पिटल मा हुन सक्छ) ।
२. हिजो अस्ती के छ? कस्तो छ भनेर बोल्ने मान्छे देखेको नदेखे झैं गरेर घोप्टो परेर हिड्नु हुने महानुभाव हरूलाई कोरोना नलागोस् । लागेछ भने नी मैले नै तपाँई हरूको हेरचाह, सहयोग गर्न पाउ , मैले नै प्लाज्मा दिएर बचाउन पाँउ ।
३. फोनैबाट पनि सर्ला र आफुलाई कहिल्यै दुख नपर्ला भनेर बेवास्ता गर्ने ।
अन्तमा, विश्व नै कोरोना को महामारीको चपेटामा परेको बेलामा, केरोना केही हैन, केही हुदैन भनेर लापरवाही नगरौं, स्वास्थ्य मापदण्ड अपनाऔं,लागी हाले पनी आत्मबल बढाऔं, झोलिलो र तागतीलो परिकार खाऔं ।शारीरिक ब्यायम गरेर, नाचेर, गाएर, पढेर, फिल्म हेरेर, आफुलाई ब्यस्त बनाऔं,चिन्ता लिने कामै नगरौं ।
अबस्य जितिन्छ कोरोना ।
बाँच्दै राखे नाच्दै राखौंला ।।
(लोकप्रिय सन्चारकर्मी कथा बरिष्ठ दोहोरी गायक पुरुषोत्तम न्यौपानेको फेसबुक वालमा पोस्ट गरिएको यो सामाग्रि जनचेतना जगाउन समुदायलाई पनि काम लाग्ने देखिएकोले साभार गरि प्रकाशित गरिएको हो । – सम्पादक)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






