नवलपुर,देवचुली र लेखनाथ उद्योग बाणिज्य संघ विच सहकार्य


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




कार्तिक २४ पोखरा । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनको सिलसिलामा लेखनाथ आईपुगेका नवलपुर, देवचुली उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग बाणिज्य संघका बिच सहकार्य गर्ने सहमति भएको छ ।

आसन्न निर्वाचनको सिलसिलामा सोमवार सम्पन्न स्वागत तथा छलफल कार्यक्रममा तिनवटा उद्योग बाणिज्य संघका अध्यक्षहरुले आगामी दिनमा सहमती र सहकार्यका साथ अगाडी वढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले महासंघको चुनावले हामीहरुलाई एक आपसमा भट्ने र मित्रताको भाव बढाउदैं अनुभव साटासाट गर्ने अवसर प्रदान भएको र यो संम्वन्ध चुनावका लागि मात्र नभई आागामी दिनका लागी झन प्रगाण हुने विश्वास दिलाउनु भएको थियो ।

यसैगरिे लेखनाथ उद्योग उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले एकतामा नै बल हुने भएकाले एकताबद्ध भई उद्योगी ब्यवसायीहरुको हितमा काम गर्न यस्ता किसिमका भेटघाट तथा छलफल फलदायि हुने र यस कार्यक्रमबाट आफुहरुलाई हौसला र थप सहयोग मिलेको धारणा राख्नु भएको थियो ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा महासंघको ५४ औं बाषर््िाक साधारण सभामा गण्डकी प्रदेश प्रतिनिधि केन्द्रिय सदस्य पदमा उमेदवारी दिनु भएका बाबुराम गिरीले यहाँहरुको साथ र सहयोगले आफुलाई थप जिम्मेवार बनाएकाले आगामी दिनमा यहाँहरुको सल्लाह र सुझाव अनुसार नै अगाडी वढ्ने विश्वास दिलाउनु भएको थियो ।

महासंघको यहि मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औ बार्षिक साधारण सभा तथा अधिबेसनका लागि चुनावी प्रचार प्रसारको अभियान तिव्रताका साथ अगाडी वढिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।