कोभिड उपचारमा ४ महिनामा ७ अर्ब खर्च


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




पछिल्लो ४ महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको समाचार छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्ला ४ महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

उनले सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निणर्य गरेको पनि बताए।
नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या भने २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो।

उनीहरूमध्ये १ हजार १ सय ७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २६ जनाको मत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको ११ सय ७४ पुगेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।