नेपालले मार्च र जुनमा विश्वकप छनोट अन्तर्गतको बाँकी खेल खेल्नेछ – एएफसी


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सक्नेछ।

एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो।

एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो।

कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोटका खेलहरु स्थगित गरिएको थियो।

छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले जनाएको छ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग बाँकी छनोटका खेलहरु खेल्नेछ।

छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली यतिखेर मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ।

नेपालले बंगलादेशसँग भोलि (शुक्रबार) र मंसिर २ गते ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।