पोखरा फुड डेलिभरीले रेष्टुरेण्टको स्वाद घर घरमा पुर्याउने


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




पोखरामा पोखरा फुड डेलिभरी कम्पनीको औपचारिक रुपमा सुभारम्भ भएको छ । सुभारम्भको अवसरमा पोखरा फुड डेलिभरीले पोखरा १५ नयाँगाउँस्थित हिमालयन लाइफ नेपालमा आश्रित ५३ बालबालिकाहरुलाई खाना वितरण गरेको छ ।
कार्यक्रममा पोखरा फुड डेलिभरीका सञ्चालक प्रसिद्ध पालिखेले संस्थाको सुभारम्भको अवसरमा बालबालिकालाई खाना वितरण गर्न पाउँदा खुसी लागेको बताए । पालिखेले संस्थाको बारेमा जानकारी दिँदै भने, “हामी यस्तो प्लेटफर्म बन्न चाहन्छौ जहाँ मानिसहरु खानाको गुणस्तरमा भरोसा गर्न सकुन् , स्थानीय रेष्टुरेन्टहरुले स्थानीय सामग्री तथा खाद्यान्नको प्रवद्र्धन गर्दै सहज ढङ्गले बिक्री गर्न सकुन् ।”
अर्का सञ्चालक कृति श्रेष्ठले “व्यापार समाजमा गरिन्छ र हरेक व्यापारीको समाजप्रति सामाजिक उत्तरदायित्व हुन्छ” भन्दै आफूले पढेका कुरा व्यवहारमा उतार्न पाउँदा खुसी व्यक्त गरिन् । आफूहरुले गरेको यस कार्यको पोखरेली दाजुभाइले साथ एवं सहयोग पाउने अपेक्षा राख्दै व्यापार र समाजप्रतिको योगदानमा अझै सक्रिय भइ निरन्तर लागी पर्ने बताइन् ।
हिमालयन लाइफ नेपालका सञ्चालक चनमन श्रीमलले पोखरा फुड डेलिभरीलाई सफलताको शुभकामना दिँदै संस्थामा रहेका बालबालिकालाई रेष्टरेन्टमा पाइने खाना पिज्जा, मम खुवाउनु भएकोमा डेलिभरीलाई धन्यवाद दिए । रेष्टुरेन्टको खाना खान पाउँदा बालबालिकाहरु निकै खुसी भएको पनि श्रीमलले बताए ।
पोखरा फुड डेलिभरी एक सेवा उन्मुख कम्पनी हो जुन विद्यार्थीहरुले सुरु गरेका हुन् । यहाँ पोखराका १ सयभन्दा बढी रेष्टुरेन्टहरु सूचीबद्ध रहेका छन् । यो एक अनलाइन प्लेटफर्म हो जहाँ ग्राहकहरुले आफूलाई मनपर्ने रेष्टुरेन्टबाट मनपर्ने खाना आफ्नो मोबाइल एपबाट वा पोखरा फुड डेलिभरीको वेवसाइटबाट अनलाइन अर्डर गर्न सक्छन् र ग्राहकहरुले घर वा अफिसमै बसीबसी रेष्टुरेन्टको खानाको आनन्द लिन सक्छन् ।
खाजा तथा खानालागि पोखरा फुड डेलिभरीको मोवाइल एप र वेवसाइट www.pokharafooddelivery.com मा गइ अनलाइन अर्डर गर्न सकिनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।