नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सक्न निर्देशन

- (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा १ सय १३ किमी लम्बाईको सडक दुई खण्डमा निर्माण गर्न लागिएको हो


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा मन्त्री नेम्वाङले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन्।

छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति थियो ।

मन्त्री नेम्वाङले देशकै महत्वपूर्ण यस सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए।

जम्मा १ सय १३ किमी लम्बाईको सडक दुई खण्डमा निर्माण गर्न लागिएको हो। यस सडक एशियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको हो।

सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।