नेपालीको दोश्रो ठूला चाड तिहारको दोश्रो दिन कुकुर पूजा र लक्ष्मी पूजा एकै दिन परेको छ । यमपञ्चकको दोश्रो दिन कुकुर पूजा र लक्ष्मी पूजा गरिन लागेको हो ।
तिहारको दोश्रो दिन सामान्यतया कुकुर पूजा गर्ने चलन रहेको हो । तर यस वर्ष तिथि घटबढ भएर लक्ष्मी पूजापनि कुकुर पूजाकै दिन परेको हो । त्यसैले विहान कुकुर पूजा र साँझमा लक्ष्मीको पूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज विहान पूजा गरिने कुकुरलाई घरको पहरेदारको रुपमा लिईन्छ । त्यसैले आजको दिन कुकुरलाई माला लगाएर मीठा मीठा खानेकुरा दिएर खुशी पारिन्छ । आजको दिन कुकुरलाई खुशी पार्न सकेमा यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास रहिआएको छ ।
साँझमा भने आजै लक्ष्मी पूजा गरिदैछ । आजको दिन ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आरधना गर्ने गरिन्छ । सफा सुग्घर र लिपपोत गरी दीपावलीसमेत गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ र रातभर ढोका खुल्ला गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आजैदेखि महिलाहरुले भैलो र पुरुषहरुले देउसी खेल्ने चलन छ । तर हिजोआज देउसी भैलो संयुक्त रुपमा खेल्न थालिएको छ ।
तिहारको तेश्रो दिन भोलि गोबद्र्धन पूजा परेको छ । भोलि नै नेपाल सम्वतपनि परेको छ । उसो त नेवार समुदायले भोलि म्हः पूजासमेत गर्ने गर्दछन् । यस वर्ष मंसीर १ गते सोमबार भाईटीका रहेको छ । तर नेवार समुदायले भने मंसीर २ गते मंगलबार मात्र भाईटीका लगाउने घोषणा गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ…







