एगा पोखराले गर्यो क्यान्सर पिडितलाई सहयोग


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८२ मा प्रकाशित




इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले क्यान्सर पिडित बुद्धिबहादर क्षेत्री र मीरा पन्तलाई आर्थिक सहयोग गरेको छ ।

नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज आयोजित शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रममा संस्थाका सदस्य समेत रहेका पिडित क्षेत्री र पन्तलाई सहयोग गरेको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । पर्यटन प्रवद्र्धन लगायतका विभिन्न गतिविधिमा एगासँग निरन्तर सहकार्य गर्दै आइएको बताउँदै उनले आगामी दिनमा पनि त्यसले निरन्तता पाउने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले एगाले सामाजिक र व्यवसायिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए ।

इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स मार्ट लगायतका कार्यक्रम एगासँगको सहकार्यमा गरिएको बताउँदे उहाँले आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका पूर्व जनप्रतिनिधि जीवन केसीले रुकुम पूर्व र कास्कीलाई जोड्न र सिकाई आदानप्रदान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा संस्थाका संस्थापक वेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवम् सल्लाहकार चिरञ्जीवी पोखरेल, पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सद्भाव सदस्यद्वय गोविन्द अधिकारी, प्रतापबहादुर कार्की, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल र सरोकार फोरके टेलिभिजनका पत्रकार माधव पनेरू लगायतले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

एगा पोखराका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता ढकालले स्वागत र सञ्चालन सचिव माया सुवेदीले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।