नेपाल–बंगलादेशबीच आज (मंगलबार) दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
बंगलादेशले दुई खेल खेल्नका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले सो प्रस्ताव स्वीकार गर्दै खेल खेल्नका लागि बंगलादेश गएको हो।
गत शुक्रबार (कार्तिक २८ गते) सम्पन्न भएको पहिलो खेलमा २–० को हार व्यहोरेको नेपालले आजको दोस्रो खेलमा भने जित निकाल्ने दाउमा हुनेछ।
कोभिडका कारण दुई साताभन्दा पनि कम समयको तयारीपछि नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको हो।
नेपालले दुई वर्ष अगाडि सन् २०१८ को साफ च्याम्पियनमा बंगलादेशलाई आज हुने खेल मैदानमै २–० ले पराजित गरेको थियो। त्यसको बदला बंगलादेशले गत शुक्रबारको खेलमा निकालेको छ।
शुक्रबारको खेलमा टीमको प्रदर्शनप्रति असन्तुष्टि जनाएका नेपाली प्रशिक्षक बालगोपाल महर्जनले सबै कमजोरीहरु सुधार गर्ने दाबी गर्दै आएका छन्।
आजको खेल पनि ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा नेपाली समय अनुसार पौने पाँच बजे हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।