, ,

स्मृतिमा सिताराम के. सी.


     केशबबहादुर थापा(अध्यक्ष सहारा क्लब पोखरा)    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




वि. सं. २०४१–४३ र २०४३–४६ सालमा उहाँ नगरपञ्चायतको प्रधानपञ्च हुनु हुॅंदा म भखरै बालक अवस्थाबाट युवा अवस्थामा उन्मुख थिएँ, सो समयमा उत्तम पुनलाई पराजित गरि सिताराम के. सी. प्रधानपञ्च भएरे मेरो बाल मष्तिकमा उहाँको नाम सिताराम के. सी. नै छाप वसेको थियो । पछि उहाँ सँग सहकार्य गर्ने मौका पाए पछि मात्र उहाँको नाम सुर्य ब. के. सी. रहको थाहा पाएको थिए ।
संयोग नै भन्नु पर्दछ, वि. सं. २०५५ सालमा क्षेत्रीय खेलकुद विकास समिति, पश्चिमाञ्चलले आयोजनामा रारा कप फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । सो समयमा हामी बसपार्क पेरिफेरीका युवाहरु एयरर्पोटको तारबारको छेउछाउमा फुटबल खेल खेल्ने गथ्र्यौं । सो प्रतियोगिता हुदैछ भन्ने थाहा पाएपछि, हामीहरु एक टिम बनाएर सहभागी हुने सल्लाह भयो र मानार्थ सदस्य जयलाल पुनको विशेष सहयोग, संस्थापक कोषाध्यक्ष रामचन्द गुरुङ्गको प्रशिक्षण र पूर्व अध्यक्ष विक्रम थकालीको क्याप्टेन्सीमा उक्त प्रतियोगितामा सहभागी भयौं । त्यस प्रतियोगितामा सहभागी भए पछि, हामी विच वृहत छलफल भयो र वि. सं. २०५५ साल भाद्र ३० गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता गराएर विधिवत रुपमा सहारा क्लब पोखराको उदय भएको थियो ।
क्लब स्थापना भएपछि विभिन्न फुटबल प्रतियोगिताहरुमा भाग लिने क्रम बढ्दै गयो भने बसपार्कको बस्तु स्थितिलाई मध्यनजर राखि बसपार्क खाड्ल पुर्ने, टिकट काउण्टर निर्माण, पार्किङ्गको व्यवस्था, सार्वजनिक शौचालय निर्माण, विविध जनचेतना मूलक कार्यक्रम सहारा आधारभुत विद्यालय सञ्चालनको लागि वार्षिक सहयोग तथा विभिन्न स्वरोजगार मुलक तालिमको आयोजना आदि गर्दै, युवा शक्तिलाई विकृति विसंगतीबाट टाढा राख्न, क्लबमा आवद्ध गराएर अगाडी वढ्दै गयौं । अब प्रतियोगितामा सहभागीमात्र हुने होइन, हामी फुटबल प्रतियोगिता पनि सञ्चालन गरौं भन्ने निष्र्कषमा पुग्यौं र वि. सं. २०५७ सालमा कास्की जिल्ला स्तरिय लिगकम नकाउट फुटबल प्रतियोगिता, सहारा कप सञ्चालन गर्यौं । यस प्रतियोगिताको विशेष प्रायोजन रारा तयारी चाउचाउले गरेको थियो । यो प्रतियोगिता भव्यरुपमा सम्पन्न भएपछि, पोखराका फुटबल खेलसँग आवद्ध दिग्गज् व्यत्तिहरुको विशेष सल्लाह, सुझाव र सहयोगबाट राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरियो र वर्तमान अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको विशेष सहयोग, मुख्य प्रायोजन श्री डिष्टीलरीको उत्पादन क्याराभान विस्कीको नामबाट क्याराभान गोल्ड कप २०५८ सम्पन्न भयो भन्ने यस प्रतियोगितामा रारा तयारी चाउचाउले सह प्रयोजकको भुमिका निभाएको थियो ।
क्याराभान गोल्ड कप पनि भव्य र सभ्य रुपमा सम्पन्न भएपछि, यो खाले प्रतियोगिता पोखरामा निरन्तर हुनु पर्दछ र लामो समयको लागि मुख्य प्रायोजक पाएमा प्रतियोगिता सञ्चालन गर्नमा सजिलो हुने थियो भन्ने सोचका साथ मुख्य प्रायोजक खोज्ने अभियानमा लाग्यौं । काठमाण्डौमा कर्मा दाइको सहयोगमा टुवर्ग वियर सँग प्रक्रिया अगाडी बढाउन एक टोली र पोखरामा साउथ एशियाकै पहिलो तयारी चाउचाउ तथा स्थानिय प्रतिष्ठित उद्योग गण्डकी नुडल्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउ सँग मुख्य प्रायोजकको रुपमा कुरा अगाडि बढाउन हाल क्लबका मानार्थ सदस्य महेश गुरुङ्ग सर, मानार्थ सदस्य प्रकाश शेरचन र स्वर्गिय क्षेत्र ब. के. सी. को सहयोगमा सुर्यबहादुर के. सी. सँग छलफल अघि बढ्दै गयो । अन्तमा वि. सं. २०५९ सालमा गण्डकी नुडल्स प्रा. लि. को नयाँ उत्पादन आहा तयारी चाउचाउको नाममा सम्भबत: नेपाल कै ईतिहास मै पहिलो चोटी सहारा क्लब पोखरा र गण्डकी नुडल्स प्रा. लि. बिच आहा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन गर्न आयोजक र मुख्य प्रायोजकको रुपमा यति लामो दश वर्षे सम्झौता भएको थियो । पहिलो दश वर्षे सम्झौता सम्पन्न भएपछि पुनः दश वर्षे सम्झौता गरि हाल १८ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भई हाल १९ औं संस्करणको संघारमा छौं ।
यस प्रतियोगिताको दौरानमा उहाँसँग धेरै चोटि सात्क्षकार गर्ने मौका पायौं । सो अवसरमा उहाँले तिमीहरु यूवा छौ, सामाजिक कार्यमा लागेका छौं, खुशी लाग्छ तर तिमीहरुको घरायसि जिविकोर्पाजनको लागि व्यापार व्यवसायमा पनि ध्यान देउ, मबाट हुन सक्ने सहयोग म गर्दछु भनेर हामीलाई सुझाउनु हुन्थ्यो । उहाँले कहिले पनि मुख्य प्रायोजक र आयोजकको रुपमा कहिल्यै हेर्नु भएन सधै सहारा क्लब पोखरा मेरो हो र यी भाइ छोराहरुले गरेको कार्यमा सधै मेरो महत्वपुर्ण भुमिका हुनु पर्दछ भनेर हामीसँग हातेमालो गर्दै, एक अभिभावकत्व प्रदान गरि रहनु भयो । विशेष तः आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालनबाट वचत हुन आउने रकमबाट क्लबबाट सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमीको सहयोगार्थ भएकोले तिमीहरुले गरेको यो कार्यबाट हाम्रो कम्पनीको सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा विशेष टेवा पुर्याएको छ भनेर भन्नु हुन्थ्यो । सो एकेडेमी निर्माण गर्दा पनि उहाँको विशेष सहयोग रह्यो । के. सी. कन्ट्रक्सनबाट महिनौंसम्म डोजर र ब्रेकर उपकरण निःशुल्क उपलब्ध गराउनु साथै तत्कालिन समयमा माछापुच्छ्रे बैकको कार्यकारी अध्यक्ष भएको समयमा माछापुच्छ्रे बैकबाट सहारा एकेडेमी भवन निर्माणको लागि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको थियो भने उहाँको जेष्ठ सुपुत्र प्रकाश के. सी.बाट विभिन्न निर्माण सामग्री तथा नगद रकम सहयोग प्रदान गर्नु भएको थियो ।
उहाँले सँधै हामीसँगको भेटमा भन्नु हुन्थ्यो, हेर ! मत त्यसै सहारा भएं, तर मेरो परिवार छोराहरुसँग तिमिहरु नजिक हुनु पर्छ ताकि मेरो शेष पछि पनि सहारा क्लब पोखरा परिवार र के. सी. परिवारको सम्बन्ध कालान्तर सम्म जानुपर्दछ । उहाँ र हामी सबैको प्रयासमा उहाँले चाहे अनुरुप भाउजु प्रेमकुमारी के. सी., छोराहरु प्रकाश के. सी., किरण के. सी. र रोशन के. सीसँगको हाम्रो सम्बन्ध प्रगाढ हुदैं गयो । विशेष त सहाराको कार्यक्रममा उहाँको परिवारको उपस्थिति र उहाँको कार्यकक्ष एवं निवासमा हाम्रो भेटघाट साथै नेपालीहरुको महानचाँड तिहारमा क्लबद्धारा खेलिने देउशी भैलो कार्यक्रममा भाइटिकाको दिन उहाँको निवासमा स–परिवार उपस्थितिमा हुने हाम्रो सामिप्यताले हाम्रो सम्बन्धलाई अझ बुझ्ने र नजिक हुने वातवरण श्रृजना गरेको थियो ।
हामी चाहन्थ्यौं, सहारा क्लब पोखराद्धारा सञ्चालित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता जो गण्डकी प्रदेश वा नेपालभरी तथा विदेशमा चर्चा पायो, अर्को अर्थमा आहा ! रारा गोल्ड कप, सहारा क्लब पोखरा, पोखरा र फुटबल एक पर्यावाची शब्दको रुपमा लिन लागेको अवस्था र अखिल नेपाल फुटबल संघमा भएको विवादको कारण नेपाली फुटबल प्रतियोगिता हुन नसकेको अवस्था र दोण्डकालको समय वि. सं. २०६२–२०६३ सालमा फ्याक्ट्रि वन्द भएको अवस्थामा प्रायोजनलाई निरन्तरता दिई फुटबल खेलको साख बचाउन मद्यत पुर्याउनु भएको योगदान, साथै विभिन्न खेलकुद कार्यक्रम एवं सामाजिक तथा साँस्कृति कार्यक्रमलाई सहयोग पुग्ने गरि गरेको प्रायोजन एवं सहयोगलाई मध्यनजर राखि राष्ट्र तथा सम्वन्धित संघ संस्थाबाट सम्मान दिएको भए उहाँ तथा अन्य व्यवसायीहरुलाई खेलकुद एवं सामाजिक तथा साँस्कृति कार्यक्रमहरुमा प्रायोजकको रुपमा अगाडी बढ्नको लागि प्रोत्साहन हुने थियो भन्ने हाम्रो सोचका साथ सहारा क्लब पोखराको स्थापना काल देखी यस क्लबको वृद्धि विकासमा महत्वपुर्ण सहयोग पुर्याउनु भई सहारालाई सहारा दिई अहिलेको सहारा क्लब पोखरा बनाउन सहयोग गर्नु भएकोमा उहाँको सम्मान स्वरुप मानार्थ सदस्य प्रदान गर्नुको साथै हिमश्री फुड्स प्रा. लिं. लाई सम्मान प्रदान गरियो ।
अन्तमा उहाँको असामयिक निधनले उद्योग व्यवसायी, समाजिक संघ संस्था एवं खेलकुद क्षेत्रमा कहिले सम्म अपुणीय क्षति व्यहोर्नु पर्ने हो समयको काल खण्डले अवश्य नै बताउनेछ । तर सहारा क्लब पोखरा परिवार, उहाँको परिवार सँग सहकार्य गर्दै भविष्यमा कुनै एक खेलकुद गतिविधि सञ्चालन गरि उहाँ प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नेछौं ।

(लेखक केशबबहादुर थापा पोखराको प्रतिष्ठित र लोकप्रिय क्लब सहारा क्लब पोखराका अध्यक्ष हुनुहुन्छ ।)


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।