दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ।
यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६ सय ५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ।
ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ।
परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम इएच २१६ एस (EH216s) दिइएको छ।
उक्त परीक्षणमा ६ वटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो।
ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो।
ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई संचालनमा ल्याउन लागेको हो।
यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ।
गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक…






