पोखरा, बैशाख १७
पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी प्रदेश सरकारबाट सम्मानित भएका छन् । एभरेस्ट मिडिया हाउसका सञ्चालक समितिका बोर्ड सदस्यसमेत रहेका कार्कीलाई गण्डकी प्रदेश, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले विहीबार सम्मान गरेको हो । गण्डकी प्रदेश स्तरीय युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत कार्कीलाई सम्मान गरेको मन्त्रालयले जनाएको छ ।
कार्की फर्निचर उद्योग क्षेत्रमा आइकन मानिन्छन् । गण्डकी प्रदेशको राजधानी पोखरा र यसको सेरोफेरोमा हुने बजारको ठूलो हिस्सा उनले सञ्चालन गरेको सिटिजन फर्निचरले ओगट्ने गरेको छ । कार्की समाज सेवाका लागि चर्चित छन् । सामाजिक काममा आफै खटिनेदेखि सामाजिक कार्यका लागि आर्थिक सहयोग पनि निरन्तर गर्नेगर्दछन् ।
कार्कीसँगै गायक तथा संगीतकार सन्तोष बस्याल पनि सम्मानित भएका छन् । पत्रकारितासँगै संगीत कर्मलाई निरन्तरता दिदै आएका बस्याललाई मन्त्रालयले सम्मान गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






