रामरत्न फाउन्डेशनद्वारा कल्याणी बाल आश्रमलाई सहयोग


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०८३ मा प्रकाशित




तनहुँको रामरत्न फाउन्डेशनले पोखराको लामाचौरस्थित ॐ शिवशक्ति कल्याणी केन्द, कल्याणी बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

समाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी विभिन्न संस्थालाई सहयोग गर्दै आएको फाउन्डेशनले यस पटक कल्याणी बाल आश्रमलाई सहयोग गरेको हो । आश्रममा फाउन्डेशनका संरक्षक रामनाथ भट्टराई र रत्नमाया भट्टराईले आश्रमका सञ्चालक भवानी थापालाई करिब १५ हजार रुपैयाँ बराबरको खाद्य लगायतका सामाग्री हस्तान्तरण गरे । २०६२÷०६३ सालयता स्थापना भई सामाजिक सेवाका क्षेत्रमा निरन्तर कृयाशिल फाउन्डेशनले चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट आएको ब्याज रकमबाट विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको संरक्षक रामनाथ भट्टराईले जानकारी दिए ।

आश्रममा देशका विभिन्न जिल्लाका १३ जना बालबालिका आश्रित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।