नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।
साथै, क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नामसमेत सिफारिस गरेको छ।
क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसीरको १० गतेदेखि बन्द प्रशिक्षणमा बोलाएको हो।
नेपालले विश्वकप लिग क्रिकेट–२ अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्नेछ र त्यसैका तयारीका लागि क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।
कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण ९ महिना ढिला भएको हो।
क्यान कार्यालयका सचिव उदयप्रकाश शाहले सूचना जारी गर्दै बन्द प्रशिक्षण सुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने जानकारी दिए।
क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन्।
प्रशिक्षकमा जगत टमाटा छन्। वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किने छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






