क्युकोशिन कानको साधारण सभा सम्पन्न

- कोषाध्यक्षको जिम्मेवारी आचार्यलाई , थापा र बराम सदस्यमा चयन


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




मंसिर ६ पोखरा । कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ ।

संघको कोषध्यक्षमा सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई रिक्त पदमा चयन गरेको हो ।

कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ ।

संघको सभाले आगामी दिन खेलडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता समेत दिने भएको छ ।

संघको सभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले खेलाडीको हक हितको लागि काम गर्न आवस्यक रहेकोमा जोड दिए । राष्ट्रिय स्तरमै सबैभन्दा बढि पदक ल्याउने खेल मार्सलआर्ट भएपनि राज्यले खेललाई ओझेलमा पारेको उनको भनाई थियो ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपाली, नेपाल क्युकोशिन कानका केन्द्रिय प्रशिक्षक राजेन्द्र सुवेदी, जनप्रतिनिधी राधिका शाही, संघका पदाधिकारी दानबहादुर क्षेत्री, अध्यक्ष बेल बहादुर थापा लगायले आफ्नो भनाइ राखेका थिए ।

कोषध्यक्षको प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।