सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की छनोट भएका छन् ।
बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन्।
पार्कीले गत वर्ष मंसीरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।
पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरे।
नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए। उनले २ घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे।
नेपाली सेनाकै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो बने। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ३० हजार तथा १० हजार पुरस्कार प्राप्त गरे।
कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो।
यसैगरी, महिला हाफ म्याराथनको उपाधी एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् ।
तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरिन्। उनले रु ३० हजार पुरस्कार प्राप्त गरे।
यस्तै कर्णाली प्रदेशकी मञ्जु रावतले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो बनिन् भने शर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। रावत र घर्तीले १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






