अमेरिकी पौडीबाज ड्रेसेलले बनाए व्यक्तिगत नयाँ विश्व कीर्तिमान


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेलले व्यक्तिगत नयाँ विश्व कीर्तिमान बनाएका छन्।

अमेरिकी पौडी खेलाडी ड्रेसेलले अन्तर्राष्ट्रिय पौडी लिगमा आफ्नो टिम काली कन्डोर्सलाई उपाधि दिलाउने क्रममा व्यक्ति कीर्तिमान बनाएका हुन्।

काली कन्डोर्सले अन्तर्राष्ट्रिय पौडी लिगको बुड्डापेस्टमा भएको दोस्रो सिजनको ग्राण्ड फाइनलमा उपाधि जितेको हो।

ड्रेसेलले १०० मिटर व्यक्तिगत मिड्लेमा सेमिफाइनलमा बनाएको कीर्तिमान फाइनलमा आफैले तोडेका हुन्।

उनले १०० मिटरको दूरी ४९.२८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका हुन्।

काली कोन्डोर्सले २ दिनको खेलमा ५६१.५ अंक जोडेर गएको वर्षको विजेता एनर्जी स्टान्डर्सलाई पछि पार्दै विजेता बनेको हो । एनर्जीले ४६४.५ अंक जोड्यो।

बधाई ड्रेस्सेल र काली कन्डोर्सलाई …


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।