फाइल फोटो : नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल
कार्तिक १० काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यस्तै टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलमा पनि कोरोना संक्रमण पाइएको छ ।
बन्द प्रशिक्षणका लागि बोलाइएका उनीहरुको पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ आएको हो ।
बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो ।
शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सुवास खकुरेल र कुशल मल्लले स्वाब दिएका छैनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






