आजदेखि राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण सुरु


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित




आज (बिहीबार) देखि राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण सुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित ५ खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ।

यसअघि, गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडीमध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले ५ खेलाडी बोलाउने निर्णय गरेको हो।

क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीब्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको हो।

पछि बोलाइएका ५ खेलाडी यसअघि बोलाइएको बन्द प्रशिक्षणमा अटाएका थिएनन्।

कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र चालक प्रदीप लामामा कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।