विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को असर कृषि क्षेत्रमा पनि परेको छ । कोरोनाका प्रभाव गण्डकी प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतका कार्यालयहरुको कार्यप्रगतिमा परेको हो । यी कार्यालयहरुको कार्यप्रगति पहिलो चौमासिकमा सन्तोषजनक नभएको पोखरामा आयोजित पहिलो चौमासिक समीक्षा गोष्ठीमा सहभागि कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको समीक्षा गोष्ठीमा प्रतिवेदन पेश गर्ने कार्यालय प्रमुखहरुले कोरोनाका कारण लक्ष्य अनुसार कार्य प्रगति गर्न नसकिएको बताए । योजना कार्यान्वयनका लागि प्रोपोजल पर्याप्त नआएको, प्रोपोजल पठाएपनि सम्झौतामा ढिलाई भएको तथा अनुगमनका लागिपनि कार्यालयका प्रतिनिधि फिल्डमा जान समस्या हुँदा कार्य प्रगतिमा बाधा पुगेको उनीहरुको भनाई छ ।
प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरीतर्फका कार्यालय तथा जनशक्ति नहुँदासमेत त्यसको प्रभाव कार्य प्रगतिमा परेको उनीहरुले बताएका छन् ।
गण्डकी प्रदेशमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले सबैभन्दा बढी ७८ प्रतिशत भारित प्रगति हासिल गरेको छ भने मत्स्य विकास केन्द्र मिर्मीले सबैभन्दा कम १९ प्रतिशत गरेको छ ।
वित्तिय प्रगतितर्फ पहिलो चौमासिकमा पशु सेवा तालिम केन्द्रको ३० प्रतिशत रहेकोमा कम भेटेरिनरी अस्पताल तनहुँको ११ प्रतिशत रहेको जनाइएको छ । पहिलो चौमासिकमा पशुपन्छी विकास निर्देशनालयको वित्तिय प्रगति २८ प्रतिशत छ ।
गोष्ठीमा भेटेरिनरी अस्पताल तनहुँबाट डा.बालकुमार श्रेष्ठ, बाग्लुङका प्रमुख शम्भु पाण्डे, लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठ, कास्कीका प्रमुख डा.शोभा शर्मा, स्याङ्जाका भेटेरिनरी कार्यालय प्रमुख डा.बज्रकिशोर ठाकुर, पशु सेवा तालिम केन्द्रका प्रमुख डा.दीर्घनाथ ढुँगाना लगायतले प्रगति विवरण प्रस्तुत गरेको निर्देशनालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव सवनम सिवाकोटी, निर्देशनालयका निर्देशक डा.मनबहादुर पुनलगायतले कोरोना कहरका बाबजुद कृषि क्षेत्रमा गुणात्मक फड्को मार्नुपर्ने आवश्यक्ता रहेको भन्दै चौमासिकको अनुभवबाट आगामी दिनमा थप प्रभावकारी तरिकाले कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







