सुनको भाउ घट्यो


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित




मंसिर १४ काठमाण्डौ । सुनको भाउ ६ सय रुपैयाँ घटेको छ ।

शुक्रबार तोलामा ९१ हजार ३ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउपनि आज सामान्य घटेको छ । शुक्रबार प्रति तोला ११ सय ६० मा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ घटेर ११ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।