टी–ट्वान्टी क्रिकेट सिरिजः घरेलु दक्षिण अफ्रिका इङ्ल्यान्डसँग पराजित


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु दक्षिण अफ्रिका पाहुना टोली इङ्ल्यान्डसँग पराजित बनेको छ।

पार्लमा भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इङ्ल्यान्डले एक खेल अगावै नै सिरिज जितेको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय पारी खेले।

यसअघि, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको सिरिजमा २–० को अग्रता समेत बनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।