राखेपको बोर्ड बैंठकबाट नवौं राष्ट्रिय खेलकुदको मिति तय हुनेछ : खेलकुदमन्त्री विश्वकर्मा


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित




युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वाकर्मा) ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद्(राखेप) कोआगामी बोर्ड बैठकमा तय गरिने बताएका छन्।

राखेपको आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा उनले भने, ‘खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन,कोभिडको प्रभाव र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अविभारा हो।’

उनले थपे, ‘१३ औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचलित हुने थिएनौं । यद्यपी, भब्यताको कुनै कमी नरहने गरि नवौं राष्ट्रिय खेलकुद हुन्छ,त्यसका लागि आगामी राखेपको बैढकले उपयुक्त मिति तय गर्ने छ।’

अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालनसम्बन्धी बिषयमा छलफल भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।