पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखराको निर्देशकमा कृष्ण तिमिल्सिना नियुक्त भएका छन्।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को मंसीर १७ गतेको सदस्य–सचिवस्तरिय निर्णयअनुसार समितिको रिक्त रहेको पदमा तिमिल्सिनालाई बढुवा गरिएको हो।
तिमिल्सिना, यसअघि सोही कार्यालयमा ५ वर्षदेखि उपनिर्देशक पदमा थिए। यसअघि निर्देशक रहेका विद्या मर्सानीले गत असारको १३ गतेदेखि सेवानिवृत लिएपछि ५ महिनादेखि उक्त पद रिक्त थियो।
२०४० सालदेखि खेल जीवन सुरु गरेका निर्देशक तिमिल्सिनाले जिम्न्याष्टिक खेलबाट ८ वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्।
२०५२ सालमा राखेपमा स्थायी नियुक्ति पाएका तिमिल्सिनाले कास्की जिल्ला खेलकुद विकास समितिको प्रशिक्षण इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए।
तिमिल्सिना पोखरा महानगरपालिका–१० का स्थायी बासिन्दा हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







