साउदीले पनि नेपाल ओलम्पिक कमिटीसित माग्यो समर्थन


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित




साउदी अरेबियाले पनि नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग सन् २०३० को २१ औं एसियाली खेलकुद आयोजनाका लागि समर्थन मागेको छ।

हीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठसँग भएको भर्चुअल बैठकमा साउदीका खेलकुदमन्त्री तथा साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन तुर्की अलफैसालले समर्थन मागेका हुन्।

सो क्रममा राजपरिवारका सदस्यसमेत रहेका अलफैसालले तयारीका बारेमा तयार पारेको भिडियो प्रिजेन्टेसनसमेत गरेका थिए।

अलफैसालको नौ सदस्यीय टोली बुधबार राति चार्टर्ड फ्लाइटमा काठमाडौं आउने कार्यक्रम रहेको भएपनि अन्तिम समयमा प्राविधिक कारणले फ्लाइट स्थगित हुन पुगेको थियो।
साउदीको रियादसँगै कतारको दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि ईच्छा देखाएका छन्।

यसअघि, यही मंसिर १८ गते कतारी टोली नेपालमै आएर समर्थन मागेको थियो।
एनओसी अध्यक्ष श्रेष्ठले अहिले आफूहरुले दुवै देशको तयारीबारे अध्ययन गरिरहेकाले तत्काल समर्थनबारे निर्णय गरिनसकेको जानकारी दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।