नेपाली राष्ट्रिय फुटबल टिमको तलब बढेको छ।
अब महिला र पुरुषले समान तलब पाउने भएका छन्। अब, महिला र पुरुष राष्ट्रिय खेलाडीले समान १८/१८ हजारका दरले तलब पाउनेछन्।
अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब वृद्धि गर्दै मासिक १८ हजारका दरले दिने निर्णय गरेको हो ।
लामो समयदेखि खेलाडीको तलब बढ्न सकेको थिएन। यस्तै पुरुषको तुलनामा महिलाको आधाभन्दा कम भएकोले पनि यस विषयमा आवाज उठिरहेको थियो ।
यसअघि, पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले मासिर ७ हजारका दरले पाउँदै आएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







