क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित




काठमाण्डौ । नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई कोरोना सङ्क्रमण भएको छ ।


कोरोनाको लक्षण देखिएपछि स्वाव परीक्षण पछि खड्कको आज रिपोर्ट पोजेटिभ आएको उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् ।


स्वाद गन्ध थाहा नभएपछि खड्काले स्वाव परीक्षण गराएको र दुुई दिनदेखी आइसोलेसनमा बसेको उनले बताएका छन् ।


खड्का हाल स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्दै होम आइसोलेशनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।


साथै उनले भोलिदेखि चितवनमा सुरु हुन लागेको गौतम बुद्ध कपको खेल गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।