काठमाण्डौ । एसियाली फुटबल महासङ्घले विश्वकप फुटबल छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक गरेको छ ।
महासांघले आज सो तालिका सार्वजनिक गरेको हो । महासंघका अनुसार नेपालले आगामी मार्च २५ तारिखमा चाइनिज ताइपेईसंग खेल्ने छ । यस्तै मार्च ३० तारिखमा अस्ट्रेलियासँग र जुन ७ तारिखमा जोर्डनसँग खेल्ने सार्वजनिक तालिकामा भनिएको छ ।
समूह ’बी’ मा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा जम्मा एक खेल मात्रै जितेर तीन अङ्कका साथ चौथो स्थानमा छ । नेपालले सबै खेल घरेलु मैदानमै खेल्नेछ ।
नेपालले चाइनिज ताइपेईलाई हराए पनि जोर्डनसँगका दुई वटै खेलमा तथा अस्ट्रेलिया र कुवेतसँगका एकरएक खेलमा हारेको छ ।
कोरोना भाइरसका कारण गएको मार्च अप्रिलमा हुनुपर्ने छनोट खेल कारण आगमी मार्चदेखि सुरु हुन लागेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







