फुटवलका सदाबहार हिरो द्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की वर्ष खेलाडी घोषित भएका छन् । उनले युभेन्ट्सका स्ट्राईकर पोर्चुगिज खेलाडी रोनाल्डो र बार्सिलोनाका स्टार स्ट्राईकर तथा अर्जेन्टिनी खेलाडी मेस्सीलाई पछि पार्दै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडीको उपाधि जितेका हुन् । यसअघी फिफाले वर्ष खेलाडीको अन्त्मि ३ मा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई मनोनयन गरेको थियो ।
जर्मन क्लब बायर्न म्युनिखका फर्वार्ड पोल्याण्डका खेलाडी लेवान्डोस्कीले गत १ वर्षमा ४७ खेलमा ५५ गोल गरेका थिए ।
३२ वर्षिया फरवार्डले यस सिजनमासमेत उत्कृष्ट फर्मलाई निरन्तरता दिएका छन् ।
लेवान्डोस्की बालोन डीओरको समेत मुख्य दाबेदारसमेत थिए । तर विश्वव्यापी महामारीका कारण सो अवार्ड प्रदान गरिएन।
फिफाले प्रदान गर्ने फिफा वर्ष खेलाडी महिलामा भने लकी ब्रोन्जले बाजी मारिन। ब्रोन्ज यसै सिजन ईङ्ल्याण्ड र म्यान्चेष्टर सिटी फर्किएकी छिन् । गत सिजन लियोनमा बिताएकी उनले गत सिजन चार उपाधि दिलाएकी थिईन। उनले लियोनकी सहकर्मी वेन्डी रेनार्ड र चेल्सीकी विश्व कीर्तिमानी मुल्यकी खेलाडी पेरनील हार्डरलाई पछि पार्दै अवार्ड जितेकी हुन्
फिफा वर्ष गोलकिपरको उपाधि भने बायर्नका म्यानुअर नोयरले जिते । उनले लिभरपुलका एलिसन र एथ्लेटिको मड्रिडका जान ओब्लाकलाई पछि पार्दै अवार्ड जितेका हुन् । महिलातर्फको वर्ष उत्कृष्ट गोलकिपरको उपाधि भने लियोनकी सारा बुहद्धीले प्राप्त गरिन् ।
फिफा वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि भने लिभरपुलका योर्गेन क्लोपले जिते । उनले बायर्नका हान्सी फ्लिक र लिड्सका मार्सेलोलाई पछि पार्दै लगातार दोस्रो पटक अवार्ड प्राप्त गरेका हुन् । सोहि स्पर्धाको महिलातर्फ नेदरल्याण्डकी सरीना वेगमेनले अवार्ड जितिन् ।
फिफाले वर्नलीविरुद्ध गरेको गोललाई उत्कृष्ट मान्दै गोलसन ह्युङ मिनलाई पुस्कास अवार्ड प्रदान गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







