धम्पुसका जेहेन्दार विद्यार्थीलाई सहयोग


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित




तस्विर : श्रीभद्र पौडेल/ एभरेष्ट आवाज संवाददाता ।

पोखरा । हेमजा स्थित बहुउद्देश्यीय किसान सहकारी संस्था लिमिटेडले शनिवार एक कार्यक्रमका बीच माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको हो ।

सहकारीले त्यहाँ स्थित पृथ्वीनारायण माविका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेको छ ।सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयका आधारभूत तह(बालविकास देखि कक्षा ५ सम्म) का कुल ९० जना विद्यार्थीलाई सहयोग गरेको सहकारीले जनाएको छ ।

कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले सहयोगी संस्था प्रति आभार प्रकट गर्दै सहयोगको सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । वडाध्यक्ष गुरुङले धम्पुस र हेमजा बीच भुगोल एवम् भावनाको सम्बन्ध रहेको चर्चा गर्दै त्यसलाई चिरस्थाई बनाउनुपर्ने तर्क समेत गरे।

सहकारीका सल्लाहकार एवम् हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिनाले सहयोगले गरिव तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहकारीले सामाजिक महत्व राख्ने कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे।

सहकारीका अध्यक्ष मोतिराम तिम्सिनाले कार्यक्षेत्र रहेको धम्पुस स्थित विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको औँल्याउँदै संस्थाले अधिकत्तम सामाजिक कार्य गर्दै जाने प्रतिबद्घता जनाए। निवर्तमान अध्यक्ष धर्मराज बास्तोलाले गरिवलाई सहयोग गर्नु मानविय धर्म हुने जनाउँदै त्यसलाई निरन्तरता दिनु महत्वपूर्ण पक्ष भएको भनाई राखे।

सो अवसरमा विद्यालयका निवर्तमान अध्यक्ष कुलप्रसाद भण्डारी, प्रधानाध्यापक एवम् सहकारीका शिक्षा उपसमितिका संयोजक तिलकप्रसाद तिम्सिना लगायतले पनि सहयोगको महत्वमाथि प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक तिम्सिनाले स्वागत तथा सहकारीका शिक्षा उपसमिति सदस्य प्रेमबहादुर कुँवरले संचालन गरेका थिए।

यता शनिबार नै सो सहकारी र धम्पुस स्थित धम्पुस कृषि विकास सहकारी संस्था लि. बीच अन्र्तक्रिया पनि भएको छ।

अन्र्तक्रियाका वक्ताले कानुनी प्रक्रिया पु¥याई सहकारी एकीकरण गर्नुपर्नेमा जोड दिए ।एकीकरण हुन नसकेको खण्डमा पनि कार्यगत एकता गर्न सकिने उनीहरुको ठहर छ।

सो अवसरमा बहुउद्देश्यीय किसान सहकारीको तर्फबाट अध्यक्ष मोतिराम तिम्सिना, सल्लाहकार तथा हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिना, निवर्तमान अध्यक्ष धर्मराज बास्तोला, व्यवस्थापक हरीप्रसाद त्रिपाठी लगायतले धारणा राखेका थिए ।

त्यस्तै धम्पुस कृषि विकास सहकारीको तर्फबाट अध्यक्ष अनन्तप्रसाद अधिकारी, सचिव अमृतकुमार भण्डारी र व्यवस्थापक भीमप्रसाद अधिकारी सहकारीको समग्र अवस्थावारे अवगत गराए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।