युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले दसैं र तिहारको अवसरमा चाडपर्व अफर सार्वजनिक गरेको छ ।
यसपालिका चाडपर्वको अवसरमा युआरएलको मुख्य कार्यालय र सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब बोसो (टिजी) मध्ये एक जाँच सित्तैमा गरिने छ ।युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले कात्तिक महिनाभर कायम रहने चाडपर्वको अफरमा अरु सबै प्रकारका रक्त परीक्षणमा पनि विशेष छुट दिइने जानकारी दिए । ‘हाम्रा सेवाग्राहीको चाडपर्वको माहोललाई थप उत्सवमय बनाउन छुट अफर ल्याएका हौं,’ उनले भने । युआरएल पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । यसले गण्डकी प्रदेशका ८ जिल्लामा २४ शाखामार्फत् सेवा प्रदान गरिरहेको छ ।
१३ वर्षअघि स्थापना भएको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी अहिलेसम्म २ सय ४१ वटा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले बताए । उनले भने, ‘क्यान्सर मार्कर, होलबडी, भिटामिनसहित सबै प्रकारका जाँचमा विशेष छुट दिएका छौँ, सेवाग्राहीले आफ्नो अनुकूल पर्ने जुनसुकै शाखाबाट यो सेवा पाउनुहुन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले दसैं र तिहारको अवसरमा चाडपर्व अफर सार्वजनिक…







