तस्विर : बिमल घर्तिमगरको फेसबुकबाट ।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् ।
एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा रहेका उनको घुँडामा चोट लागेको हो ।
प्रशिक्षणका क्रममा बिमलको ‘लिगामेन्ट’ च्यातिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । उनको शल्यक्रिया गर्नु पर्ने भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण चलिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







