दाङको लमहीमा महिला प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ।
शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित हरायो। ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.१ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो।
लुम्बिनीको सहज जितमा गीता गोसाईले सर्वाधिक नटआउट २३ रनको योगदान गरिन्। उनले ४२ बलको सामना गर्दै २ चौकासहित उक्त रन बनाइन्। यस्तै, सरस्वती घर्तिमगरले २२ रन बनाइन्।
११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता गौतमको बलमा आउट हुन् पुगेकी उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन्। यस्तै, टिमकी कप्तान नेरी थापाले पनि अविजित रहदै १५ रनको योगदान गरिन्।
त्यसअघि, देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो।
प्रदेश २ का लागि ओपनर ब्याटर अनुराधा चौधरी र सना प्रविनले समान २१/२१ रन बनाएका थिए। त्यस्तै, विमला मगरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो।
बलिङतर्फ लुम्बिनी प्रदेशका सुष्मिता भुषालले सर्वाधिक ४ विकेट हात पारिन्। यस्तै, कप्तान नेरी थापा, स्वस्तिका बजगाइ र गीता गोसाईले पनि १/१ विकेट लिएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







