sdnkf]v/L 8'afgdf kf]v/f,!*ebf} . clj/n aiff{sf sf/0f kf]v/f dxfgu/kflnsf!# sdnkf]v/L 6f]n z'qmaf/ 8'afgdf . t:jL/M /flwsf sF8]n, /f;;
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरेका छन । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भने । विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने उनको भनाइ थियो ।
उनले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका जनप्रतिनिधिले जनताको भावना र चाहनाअनुसार काम गर्ने जनाए ।
राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले विराटनगरमा हेर्न लायकको ठाउँ निर्माण र पाँच वर्ष अवधि पूरा गरी बाहिरे समयमा ठोस काम गरेको जनतालाई देखाउने हिसाबले काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका सभापति लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, महासङ्घकै पूर्वअध्यक्ष विक्रम लुइँटेल, उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्साल, पत्रकार विजयी खतिवडा, बेदराज पौडेल, कौशल निरौला, कुमार लुइँटेल रोहित, मुकेश यादव, श्यामसुन्दर सुतियार र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति सञ्जीव भण्डारी लगायतले आगामी बजेटका निम्ति सुझाव दिएका थिए।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा…







