पोखरा । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्कीले महंगी नियन्त्रण गर्न माग गरेको छ । वाईसिएल कास्कीका संयोजक एंगेल्स कार्कीले अहिले बढिरहेको महंगीले जनताको ढाड सेकेको भन्दै संघ, प्रदेश र स्थानिय सरकारलाई महंगी नियन्त्रण गर्न माग गरेको हो । महंगी नियन्त्रणमा नलागे सरकार र मन्त्रीहरुबिरुद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए ।
वाईसिएल कास्कीले ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको विरोध गरेको छ । उसले पेट्रोलियम पदार्थमा पटक÷पटक गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ । त्यस्तै, खाद्यान्नमासमेत अत्यधिक मूल्य बृद्धि भएको भन्दै वाईसिएल कास्कीले नियन्त्रण गर्न माग गरेको छ ।
वाईसिएल कास्कीले संघ र प्रदेशका मन्त्रीहरुले पाउने सेवा, सुविधा कटौति गरी जनतालाई राहत दिन माग गरेको छ । उसले विद्यार्थीलाई समयमै पुस्तक पु¥याउने वातावरण निर्माण गर्न तथा किसानलाई तत्काल मल उपलब्ध गराउनपनि माग गरेको छ । संयोजक कार्कीले विदाका दिन सरकारी गाडी चलाउन बन्द गर्न माग गरे । अन्यथा अटेर गरेर चलाए वाईसिएलले नियन्त्रणमा लिएर कारवाही गर्ने कार्कीले चेतावनी दिए ।
वाईसिएल कास्कीका संयोजक कार्कीले राष्ट्रको हितविपरित कार्य गर्ने जुनसुकै पार्टीका मन्त्री वा नेतालाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले देश र जनताको पक्षमा वाईसिएल कास्की सतिसाल झैं उभिनेपनि बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा…







