साफ महिला च्याम्पियनसीप २०२२ नेपालमा आयोजना हुने भएको छ।
च्याम्पियनसीप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ। बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसीप नेपालमा गर्ने निर्णय गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए। प्रस्ताव समितिले अनुमोदन गरेको हो। एन्फाका महासचिव किरण राईले तोकिएको मितिदेखि प्रतियोगिता आयोजना गर्नका लागि पेश गरेपछि साफ कार्यकारी समितिले प्रस्तावित मिति पनि स्वीकृत भएको हो।
च्याम्पियनसीपको प्रस्तावित मितिबारे महासचिव राई, केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीबीच छलफल भएको थियो।
यसअघि, नेपालमा पाँचौँ महिला साफ आयोजना भएको थियो। विराटनगरमा भएको साफ च्याम्पियनसीप भारतले जितेको थियो। फाइनलमा नेपाललाई हराउँदै भारतले च्याम्पियनसीप जितेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





