सांकेतिक तस्बिर ।
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट र वडा नं ८को चिउरीलाई जोड्न पुल निर्माण गरिएको हो ।
नुवाकोटको एसए शैलेन्द्र जेभीले २०७७ असारमा निर्माण सुरु गरेको उक्त पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए ।
उक्त पुल २०७९ साउन २० सम्ममा सक्नेगरी समयावधि थप गरिएकामा निर्धारित समयअगावै सम्पन्न भएको हो । तीनसय अठसठ्ठी मिटर लामो पुल निर्माणका लागि रु एक करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियोे । पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवत–जावत गर्न सहजा हुनाका साथै सिद्धार्थ राजमार्गसित पनि जोडिएको छ ।
पुलको अभावमा एक घण्टाभन्दा बढी समय लगाएर सिद्धार्थ राजमार्गमा आउनुपर्ने बाध्यता छोट्याउनका लागि पुल निर्माण गरिएको गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले बताए ।
आव २०७६÷७७ मा बजेट विनियोजनपश्चात् डिपिआर भई बोलपत्र आह्वान गरेर निर्माण थालिएको उहाँले जानकारी गराए । पुल निर्माणसँगै अहिले सामाजिक सञ्जालमा तस्वीर राख्ने, टिकटक बनाउनेहरु बढ्दै गएका छन् । यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शनार्थीलाई पुग्न सहज हुने भएको छ ।
पुल निर्माणसँगै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउनका लागि टेवा पुग्नाकासाथै धार्मिक पर्यटन र साहसिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार थप गर्दै लैजानु आवश्यक रहेको स्थानीयवासीले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा…







