पोखरा । शिक्षक समाज नेपालद्वारा आयोजित स्टान युनेस्कोको दोस्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२२ सम्पन्न भएको छ ।
रेन्वो एकेडेमिक होम्स्द्वारा युनेस्को सहकार्यमा गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय स्तरमा समेत प्रथम हुन सफल कक्षा १० मा अध्ययनरत मेधावी छात्र गोकुल श्रेष्ठ तथा विद्यालयका विज्ञान शिक्षक ठाकुरसिंह थापालाई विद्यालयमा आयोजित एक भब्य समारोहकाबीच सम्मान गरिएको हो ।
विजेता छात्र श्रेष्ठलाई ट्रफी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने विद्यालयका शिक्षक थापालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रतियोगितामा श्रेष्ठलाई छात्र सहयोगीको रुपमा सहयोग गर्ने विद्यालयका विद्यार्थी दीप्सन गुरुङ र आयुष मल्ललाई समेत विद्यालयले सम्मान गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा…







