नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईलाई दिइएको छ।
डीआइजी राई भर्खरैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार उनले बिहीबारदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
पदोन्नति हुनुअघि उनी बबरमहलमा रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा थिए। यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु…






