प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन्।
सात वटा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले साउनभित्र प्रहरी समायोजन गर्न संघीय सरकारलाई समय दिएका हुन्।
जनकपुरधाममा बिहीवार भएको मन्त्रीहरूको भेलाले सात बुँदे घोषणापत्र जारी गर्दै साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका हुन्। प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूलाई प्रदेश मातहत ल्याउन पनि संघीय सरकारलाई आग्रह गरेका छन्।
प्रदेश सभा गठन भएको ५ वर्ष हुन लाग्दा पनि संघीयताको आधारभूत संरचनाहरू क्रियाशील गर्न बाधा पुगेको उनीहरूको निष्कर्ष छ। प्रहरी प्रशासनका संरचना हस्तान्तरण नहुँदा काम गर्न समस्या भएको घोषणापत्रमा उल्लेख गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु…






