राष्ट्रियसभाः सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित





काठमाडौँ । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताए । उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।