कास्की । गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानु जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो ।
गण्डकी प्रदेश, आन्तरिक मामिला मन्त्रालयले निकालेको सूचना अनुसार भानु जयन्तीको अवसरमा असार २९ गते बिदा दिने उल्लेख गरिएको छ ।
यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते, गण्डकी प्रदेश सरकारको स्थापना दिवस फागुन ४ गते र चैते दशै चैत्र १५ गते सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले गएको चैत्र १८ गते निर्णय गरेको सूचनामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





