काठमाडौँ । सांसद डा विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसङ्ख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसङ्ख्याको विषयलाई प्राथमिकता दिन नसकेकामा ध्यानाकर्षण गराउँदै मानव स्रोत योजना नामक छुटै मन्त्रालय बनाउन जरुरी भएको बताएका हुन ।
जनसङ्ख्या बढ्यो भनेर दुःख मान्ने विषय नभएको उल्लेख गर्दै उनले जनसङ्ख्या हुनु देशका लागि अवसरको विषय भएको र जनसङ्ख्याको उपयोग गर्नका लागि सरकारको नीति र योजना जरुरी भएकामा जोड दिए । सांसद दुर्गा गुरुङले देश सुन्दर भए पनि सरसफाइलाई ध्यान नदिँदा फोहर सहरको रुपमा पहिचान बनाउँदै गएकामा सरकारको ध्यानाकर्षण गराए । उनले राजनीति पनि फोहोरी खेलजस्तै भएको र देशको सरसफाइमा पनि ध्यान जान नसकेको बताए ।
सांसद बिना पोखरेलले दलित समुदायले मुलुकको विकास र परिवर्तमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि समाजबाट दुव्यर्वहार र छुवाछुत न्यूनीकरण हुन नसकेकामा चिन्ता व्यक्त गरे ।सेतु विकको सालिक तोडिएको, इनारबाट पानी निकाल्दा दुव्र्यवहार गरिएको, दलितलाई कोठाभाडा नदिइएको र दलित समुदाय आफैभित्र पनि छुत तथा अछुतजस्ता विभेद हुन दुःखत भएको उल्लेख गर्दै सांसद पोखरेलले त्यसको अन्त्यका लागि दलितभित्रै पनि अभियान सञ्चालन गर्नु जरुरी भएको बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





