काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । नेपाल र चीनले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बारेमा छलफल भएको भन्दै विदेश विभाग प्रमुख भट्टराईले चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको बताए ।
नेपाल चीनका लागि एक महत्वपूर्ण र भरपर्दो साझेदारको रुपमा चीनले लिँदै आएको कुरा लिउले उल्लेख गरे । छलफलमा नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहनाप्रति एमाले अध्यक्ष ओलीले नेपाली भूमि कुनै हालतमा चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको जानकारी दिए ।
चीनको कम्युनिष्ट पार्टीले चीनको हितमा काम गर्ने र नेपालको कम्युनिष्ट पार्टीले नेपालको हितमा काम गर्ने भएकाले यहाँका कम्युनिष्ट पार्टीलाई चीनले यसो गर उसो गर नभन्ने चीनको धारणा रहेको भट्टराईले बताए । भेटवार्तामा अध्यक्ष ओलीसँग नेताहरु प्रदीप ज्ञवाली, विष्णु रिमाल र भट्टराईलगायत सहभागी थिए । चार दिने नेपाल भ्रमणको क्रममा लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसकेका छन ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





